पोखरामा बालबालिकालाई कोरोना संक्रमण हुने क्रम बढ्दो

पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरणका अनुसार कास्कीमा थप ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रमम कास्कीको पोखरा महानगरपालिका तथा अन्नपूर्ण गाउँपालिका सहित ४६ जनालाई संक्रमण पुष्टि भएको हो ।

अन्नपूर्ण गाउँपालिकाका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर ४ का २५ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरामा ठेगाना खुल्न नसकेको १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ४२ वर्षीय महिला रहेकी छिन् ।

पोखरा महानगरपालिका वडा नम्बर १ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १६ वर्षीय किशोरलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ६ का १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २७ वर्षीय पुरुष हुन् ।

७ नम्बर वडाका ३६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा ८ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १ जना महिला, १ जना बालक तथा २ जना पुरुष रहेका छन् । सो वडाका ३७ वर्षीय १ जना महिला, ८ वर्षीय १ जना बालक तथा ५१ वर्षीय २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सो वडाका १५ वर्षीय किशोर हुन् ।
वडा नम्बर ११ का ३० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

१२ नम्बर वडाका ११ वर्षीय १ जना बालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १३ का ४७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी २५ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १७ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३३ वर्षीय १ जना महिला तथा ३९, ४३ र ६७ वर्षीय ३ जना पुरुष हुन् ।

१९ नम्बर वडाका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ७ वर्षीय बालकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा २४ का २९ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २६ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २३, २७ र ३८ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर २७ का ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३ जना महिला तथा ८ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३०, ५५ र ८० वर्षीय ३ जना महिला तथा १२ र १३ वर्षीय बालक, १८ वर्षीय किशोर, २९ वर्षीय, ३५ वर्षीय २ जना, ४६ र ७१ वर्षीय पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २९ का ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १ जना महिला तथा ६ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ५९ वर्षीय १ जना महिला तथा ३१, ४० वर्षीय २ जना, ५३, ६० र ७० वर्षीय ६ जना पुरुष रहेका छन् ।

वडा नम्बर ३१ जना २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३९ र ६२ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

३२ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २५ र ५८ वर्षीय २ जना पुरुष रहेका छन् ।
त्यस्तै पोखरा ३३ का ७६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज बिहान स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको पहिलो तथ्यांक अनुसार पोखरामा १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म कास्कीको अन्नपूर्ण गाउँपालिकाका १ जना तथा पोखराका ६४ जना सहित ६५ जनालाई संक्रमण पुष्टि भएको छ ।

पर्वतमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको फलेवास नगरपालिकाका ३० वर्षीय १ जना महिला तथा २७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । नगरपालिका अन्तरगत संक्रमितहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाका ५८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित नगरपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ६ पुगेको छ ।

कमेन्टहरु
Loading...