पोखरामा १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उलपब्ध गराएको अपहिले अध्यावधिक विवरण अनुसार पोखरामा १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ६१ वर्षीय १ जना महिला तथा ५४ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ३ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३३ वर्षीय १ जना महिला तथा ३२ वर्षीय १ जना पुरुष रहेका छन् ।

४ नम्बर वडाका २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका २२ वर्षीय १ जना महिला तथा ३९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ८ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५० वर्षीय १ जना महिला तथा २३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २८ वर्षीय १ जना महिला तथा ८४ वर्षीय १ जना पुरुष रहेका छन् ।

वडा नम्बर ११ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ३३ र ४३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १३ का २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडाका २० वर्षीय १ जना महिला तथा ८३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१४ नम्बर वडाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १७ वर्षीय १ जना किशोर तथा ४३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १५ की २५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ८५ वर्षीय १ जना वृद्धलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १८ का २३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँमा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर २ का ३६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यता स्याङ्जाका १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ का ३३ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ९ सय ५७ पुगेको छ ।

कमेन्टहरु
Loading...