काठमाडौं । स्पेनिस ला लिगामा एथ्लेटिको म्याड्रिडले बार्सिलोनालाई हराएको छ ।
एथ्लेटिकोले यो जितपछि शिर्ष स्थानको रियल सोसिडाडसँग अङ्क बराबरी गर्न सफल भएको छ ।
बार्सिलोना शीर्ष स्थानबाट ९ अंकले पछि परेको छ ।
पहिलो हाफको इन्जुरी समयमा यानिक कारास्कोले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्न पुग्यो ।
बार्सिलोनाले आठ खेलमा ११ अंक बटुल्दै लिगको १० औँ स्थानमा सिमित रहेको छ ।