पोखरामा एट ए साईडमा महेश गुरुङको २ गोलले भ्यालीको जित

पोखरा, १८ असोज/म्यान अफ दी म्याच घोषित महेश गुरुङको २ गोलको मद्धतले भ्याली स्पोटर्स निलोले जित हासिल गरेको छ । पोखरामा जारी बगर भाई खलक एट ए साईड फुटवल प्रतियोगिता अन्र्तगत विहिबार भएको पहिलो खेलमा भ्यालीले आयोजक बगर भाई खलक बीलाइ २–१ को गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । आयोजकको तर्फबाट दिनेश श्रेष्ठले एक गोल गरे ।

दोश्रो खेलमा अल स्टार काठमाण्डौंले सी.एफ.टी.हेटौडालाई २ को बिरुद्ध ८ गोलको फराकिलो अन्तरले पराजित गर्यो । काठमाण्डौको जितमा विजयी शाहीले ह्याट्रीक, नगेन्द्र श्रेष्ठले २, रमेश ज्ञावाली, मधु कार्की र चेतनारायण श्रेष्ठले एक÷एक गोल गरेका हुन । म्यान अफ दी म्याच घोषित हेटौडाका नवराज बज्रचार्यले दुई गोल गरे । सानो गौचरन नाईट किङ काठमाण्डौले भ्याली बीलाई २ को बिरुद्ध ३ गोल अन्तरले पराजित गरेको छ । नाईट किङको जितमा म्यान अफ दी म्याच घोषित देवेन्द्रजंग शाहले २, राजेश मानन्धरले एक गोल गरे । भ्यालीको तर्फबाट लिला गुरुङ र राजा मुखियाले एक एक गोल गरे ।

नायक धिरेन शाक्यको कम्तानिमा मैदानमा उत्रिएको फोट्टी प्लस नेपाल काठमाण्डौले आयोजक बगरभाई खलक एको समुहलाई एकतर्फी ५ गोल बर्षाउदै जित हासिल गरेको हो । नेपाल काठमाण्डौको जितमा म्यान अफ दी म्याच घोषित शुसिल केसीले २, दिपेन्द्र केसीले एक, किरण महर्जनले एक गोल गर्दा आयोजकको तर्फबाट कृष्ण वजीमयले एक गोल उपाहार दिएका थिए । विहिबारको खेलमा जित हासिल गरेका टिम क्वाटरफाईनलमा प्रबेस गरेको आयोजकले जनाएको छ ।

बगरको पुरानो टुडिखेल मैदानमा जारी उक्त प्रतियोगितमा पुर्व राष्ट्रिय खेलाडी एवम सेलीव्रेटीहरुको सहभागिता भएकोले दर्शकहरुको समेत उल्लेखनिय रुपमा सहभागिता रहेको मनकाजी गुरुङले बताए । प्रतियोगितामा ४० बर्षदेखि ६० बर्ष उमेरका पुर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय एवम स्थानीय खेलाडीहरुको सहभागि भएको बगर भाई खलकका अध्यक्ष एवम संयोजक दिलबहादुर गुरुङले बताए ।

कमेन्टहरु
Loading...