कास्की एन्फा कपको उपाधी सैनिक र चिल्ड्रेन एकडेमीलाई

पोखरा, ३२ असार/कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्की द्वारा संचालित एन्फा कप २०७५ छात्र तर्फको उपाधी सैनिक आवाशिय महाविद्यालय र छात्रा तर्फ चिल्डे«न एकेडेमीले हासिल गरेका छन ।सोमबार सम्पन्न छात्र तर्फको फाइनलमा सैनिक र अम्मरसिंह माबीलाई ५–४ गोलले पराजित गर्दै गत वर्षको बदला समेत लिएको छ । सैनिक गत वर्ष अम्मरसिंह संग फाइनलमा पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो ।

दुवै टिमको खेल निर्धारित समयमा गोल हुन नसक्दा टाइ ब्रेकरमा धकेलिए पनि अन्ततः नतिजा भने सडेन डेथमा पुगेर टुँगिएको थियो । छात्र तर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका सैनिकका गोलरक्षक चलित श्रेष्ठले पेनाल्टीमा दुई उत्कृष्ट वचाउ गर्दै टिमलाई उपाधी दिलाएका थिए । उपाधी संगै सैनिकले नगद १५ हजार र उपविजेता अम्मरसिंहले १० हजार नगद समेत प्राप्त गरे । यसै गरि छात्रा तर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीले ताराकुञ्जलाई ३–१ गोल अन्तरले हराउँदै उपाधी कब्जा गरेको छ । निर्धारित समयमा गोल हुन नसक्दा खेल टाइ ब्रेकरमा पुगेको थियो ।

टाइव्रेकरमा चिल्डे«नका लागि खुसी थापा, अर्पिता गुरुङ र कल्पना नेपालीले एक–एक गोल गरेका थिए भने ताराकुञ्जका लागि एक मात्र गोल सरिता गुरुङले गरेकी थिइन । प्रतियोगितामा उपाधी संगै चिल्डे«न एकेडेमीले नगद १० हजार र उपविजेता ताराकुञ्जले ७ हजार नगद प्राप्त गरेका छन । छात्रा तर्फको प्रतियोगितामा चिल्डे«नकी अर्पिता गुरुङ उत्कृष्ट खेलाडी घोषित भइन । यसैगरि छात्रा तर्फ सर्वाधिक गोलकर्ता अम्मरसिंहकी सन्दिका गुरुङ र छात्र तर्फ टप्सका राज गुरुङ रहे । उनी हरु दुबैले प्रतियोगिता अवधीभर ७–७ गोल गरेका थिए ।

प्रतियोगितामा छात्र तर्फ टप्स र छात्रा तर्फ विन्द्यवशिनी मावीले फेयर प्लेको उपाधी पाए । प्रतियोगितामा बिजेता खेलाडीलाई गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुन, गण्डकी प्रदेश सांसद दिपक कोइराला, जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, एन्फा कास्कीका प्रथम उपाध्यक्ष इश्वर गुरुङ (चन्द्र), उपाध्यक्ष एवम प्रतियोगिताका संयोजक विश्व तण्डुकार लगाएतले नगद, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...