लायन्स फुटसलको उपाधी ग्लोबल सिटीलाई

पोखरा, १९ चैत/पोखरामा सम्पन्न तेश्रो अन्तर लायन्स फुटसल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा ग्लोबल सिटीले जितेको छ । ग्लोबल सिटीले लायन्स क्लब अफ पोखरा सुन्दर नगरीमाथि बिजय हात पार्दै उपाधी हात पारेको हो ।

प्रतिस्पर्धात्मक खेलमा उपाधीका लागि ग्लोबल सिटी टाई ब्रेकरसम्म पुग्नुपरेको थियो । निर्धारीत समयमा दुबै टोलीका तर्फबाट समान २–२ गोल भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा भने ग्लोबल सिटीले दुई शुन्यको नतिजा ल्याउदै उपाधीको दावेदारी सावीत गरेको थियो ।

उपाधीसँगै ग्लोबल सिटीले २५ हजार रुपैया नगदसहित शील्ड , मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको पोखरा सुन्दर नगरीले भने १५ हजार नगदसहित शील्ड, मेडल र प्रमाणपत्र पायो । प्रतियोगितामा सुन्दर नगरीका राजुरु गुरुङ उत्कृष्ट खेलाडी हुन सफल भए भने ग्लोबलका राजेश केसी उत्कृष्ट गोलरक्षक घोषित भए ।

त्यस्तै प्रतियोगितामा सुन्दर नगरीका सुशिल लम्साल र लायन्स क्लब अफ मुनालका ठाकुर गुरुङले समान ७–७ गोल गर्दै हाईस्कोरर घोषित हुदा आयोजक लायन्स क्लब अफ हेम्जा (पँहेलो)ले फेयर प्ले अवार्ड प्राप्त ग¥यो । उनीहरु सबैले एक–एक थान लाभा मोबाईल प्राप्त गरे । विजयी टोली र खेलाडीलाई पिएमसिसि लायन दिपक श्रेष्ठले पुरस्कार प्रदान गरेको आयोजक क्लबका सचिव दुर्गा प्रसाद पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...