सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधिका लागि एपिएफ र पुलिस भिड्ने

पोखरा, ४ माघ /पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागिय डर्वि एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको सेमिफाइनलमा एपिएफले घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेट र नेपाल पुलिसले प्रदेश ३ लाई हराउदै फाइन ३–२ को सेटमा हराउदै फाइनल प्रबेश गरेका हुन् ।

एफिएफले गण्डकी प्रदेशलाई २५–८, २५–१८ र २५–११ को सोझो सेटमा हरायो । गण्डकी प्रदेशले तेस्रो स्थानका लागि प्रदेश ३ सगँ खेल्ने छ ।

लिगकम नकाउटको आधारमा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने छ । दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौथोलाई सान्त्वना स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

उत्कृष्ठ विधा तर्फ बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट लिबरो, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट प्रशिक्षकलाई नगद ५ हजार सहित सम्मानित गरिने छ । उत्कृष्ठ खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक दिपकबहादुर गोदारले जानकारी दिए ।

कमेन्टहरु
Loading...