संघीय समाजवादी र नयाँशक्तिबाट पोखरा महानगरको प्रमुखमा ६, उपप्रमुख ५ जना सिफारिस

पोखरा, १४ बैशाख/हातले समातेको मसाल चिन्ह लिएर स्थानिय निर्वाचनमा सहमति गरेको संघीय समाजवादी फोरम पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपाल कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा ६ र उपप्रमुखमा ५ जना सिफारिस गरेको छ ।

पोखरामा विहीवार सम्पन्न दुई पार्टीको संयुक्त चुनावी भेलाले महानगरपालिकाको प्रमुखमा सुन्दर गुरुङ, हुमबहादुर गुरुङ, दिपक तामाङ, हेमबहादुर थापा, जितबहादुर गुरुङ मामा र नारायणहरि तिवारी रहेका छन् । त्यसै गरी उपप्रमुखमा रत्ना भट्टचन, ज्योति तामाङ, तारा नेपाली, कमला रानाभाट र लक्ष्मी खातीलाई सिफारिस गरेको हो ।

पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा सुन्दर गुरुङ, हुमबहादुर गुरुङ, दिपक तामाङलाई संघीय समाजवादी फोरम र हेमबहादुर थापा, जितबहादुर गुरुङ मामा र नारायणहरि तिवारीलाई नयाँ शक्ति नेपालको तर्फबाट सिफारिस गरेको हो । यसरी नै उपप्रमुखमा कमला रानाभाट र लक्ष्मी खातीलाई नयाँ शक्ती नेपाल र रत्ना भट्टचन, ज्योति तामाङ, तारा नेपालीलाई संघीय समाजवादी फोरम कास्कीले नाम प्रस्ताव गरेको हो ।

परिमार्जनसहित संविधान संशोधन गरी आफ्ना मागहरु सम्बोधन हुनुपर्ने मागसहित आन्दोलनरत संघीय समाजवादी फोरम र पार्टीले चुनावी चिन्ह पाउनुपर्ने मागसहित आन्दोलनरत नयाँ शक्ति विच फोरमसहित संघीय गठबन्धनको मागको बारेमा सरकारले सम्बोधन गर्ने पहल पश्चात फोरमकै मसाल चिन्हमा स्थानिय निर्वाचनमा सहभागी हुने सहमति गरेका थिए । यस अघि दुवै पार्टी विच एकताको प्रयास पनि भइरहेको थियो, पार्टी एकता नभएपनि निर्वाचनमा मसाल चिन्ह लिएर मोर्चाबन्दी हो ।

भेलाले कास्कीका निर्वाचन निर्देशन तथा अनुगमनका लागि देवीराज तमुको संयोजकत्वमा मदन केसी, दीपक तामाङ, हेमबहादुर थापा र हरिनारायण गिरी रहेको समिति गठन गरिएको छ । यसरी नै निर्वाचन परिचालन तथा प्रचारप्रसारका लागि देवीप्रसाद सुवेदी संयोजक र गिरीप्रसाद तमु, कुलबहादुर भुजेल, खड्गबहादुर तमु, शम्भु खाती सहसंयोजक रहेको १ हजार १ सदस्यीय समिति गठन गरिएको छ ।

यसै गरी हरिनारायण गिरीको संयोजकत्वमा आर्थिक समिति, दामोदर त्रिपाठीको संयोजकत्वमा घोषणापत्र तयारी समिति, हुम तमुको संयोजकत्वमा प्रचारप्रसार समिति, अधिवक्ता जुनाकुमारी तमुको संयोजकत्वमा कानुनी परामर्श समिति, गोपाल तमु, रेशम योगी, विनोद गुरुङ, लक्ष्मण गुरुङ रहेको युवा परिचालन संयोजन समिति, पार्वती जिसी संयोजक र चन्द्र तामाङ सहसंयोजक रहेको साँस्कृतिक समिति, डा.अमर नागिला, डा. राजेन्द्र नेपाली रहेको स्वास्थ्य समिति गठन गरेको छ । यसैविच भेलाले महेन्द्रपुलस्थित संघीय समाजवादी फोरम कास्कीको कार्यालयमा निर्वाचन परिचालन समिति कास्कीको कार्यालय संचालन गर्ने निर्णय गरिएको थियो ।

संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दीपक तामाङको अध्यक्षता र नयाँ शक्ति नेपाल कास्कीका संयोजक हेमबहादुर थापाले संचालन गर्नुभएको कार्यक्रमका नेताहरु गणेशमान तमु र वलावती शर्माले अधिकार र समृद्धिका लागि दुवै पार्टीले एकिकृत रुपमा निर्वाचनमा प्रस्तुतीले विजयी प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा घोषणापत्र तयारी समितिका संयोजक दामोदर त्रिपाठीले घोषणापत्रका आधारभुत विषयबस्तुका बारेका जानकारी गराउनुभएको थियो ।

कमेन्टहरु
Loading...