स्थापना दिवसमा रक्तदान

पोखरा, ७ वैशाख/नेपाल निजामति कर्मचारी संगठन कास्कीको २७ औँ स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३३ युनिट रगत संकलन भयो । प्रमुख अतिथि संगठनका पुर्व केन्द्रीय उपाध्यक्ष शोभाकान्त न्यौपानेले कास्की अध्यक्ष अशोक खनाल तथा ४७ औँ पटक रक्तदान गर्ने दुर्गाप्रसाद घोरासैनीलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरे ।

सोही अवसरमा संगठनका गतिविधिहरु समेटेर प्रकशित गरिएको डायरीको केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज मिठु रेग्मीले विमोचन गरेकी छन् । संगठनका अध्यक्ष अशोक खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष धुर्वराज पौडेल तथा संचालन सचिव रामचन्द्र पहारीले गरेका थिए ।

कमेन्टहरु
Loading...