प्रचण्डमाथि ओलीका प्रहारै–प्रहार, ओलीले बालुवाटारमा सोधे ४ प्रश्न

काठमाडौ, १३ वैशाख /बालुवाटारमा मंगलबार भएको पाँच दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली आक्रामक रुपमा प्रस्तुत भएका छन् । दुई चरणको निर्वाचनप्रति असन्तुष्ट देखिएका ओलीले प्रचण्डमाथि प्रश्नै प्रश्नको वर्षा गरेको आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

दुई चरणमा निर्वाचन किन ?

कांग्रेस, माओवादीकै सहमतिका आधारमा ३१ वैशाखको मिति घोषणा भएको थियो, देउवाजीले त अझै एकै चरणमा निर्वाचन गराउने अडानै लिनुभएको थियो, अनि तपाईंहरूले नै निर्वाचनको मिति घोषणा गर्नुभएको थियो, हामीले घोषणा गरेको त होइन ? यो निर्वाचन नै नगर्ने सोच त होइन ?

बजेटपछि निर्वाचन कसरी ?
बजेट वक्तव्यपछि निर्वाचन गर्ने कुरा आचारसंहिताविपरीत हुन्छ । निर्वाचनलाई प्रभावित गर्न यस्तो षड्यन्त्र भएको हो । यसमा हाम्रो सहयोग हुनेछैन ।

परिमार्जन क–कसको सहमतिमा ल्याइयो ?
संसद्मा ल्याएको पछिल्ला संशोधन प्रस्ताव क–कससँग छलफल गरेर ल्याइयो ? यसमा पनि मोर्चाले अझै नमानेको कुरा बाहिर आइरहेको छ । अनि यसलाई हामीले कसरी बुझ्ने ?

स्थानीय तहको संख्या किन थप्ने ?
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनविपरीत जथाभावी संख्या किन थप गर्ने ? मोर्चाले भन्यो भन्दैमा जे पनि गर्दै हिँड्ने ? १४ गतेभित्र सिमाना र संख्या परिमार्जन गर्न पत्राचार गर्नुभएछ, निर्वाचनको वेला मतदाता परिचयपत्र हेरफेर गर्न कहाँ मिल्छ ?

कमेन्टहरु
Loading...