काठमाडौंका १० नगरपालिका मध्ये काँग्रेस र एमालेको दुबैको अग्रता #NepalVotes #Pokhara

काठमाडौ, १ जेठ /काठमाडौं उपत्यकाका १० नगरपालिका मध्ये पछिल्लो गणना अनुसार पाँच नगरपालिकाका मेयरमा नेपाली कांग्रेसले र पाँचमा एमालेले अग्रता लिएको छ।
कांग्रेसः
कागेश्वरीमा कांग्रेसका उपेन्द्र कार्कीले ७१० र एमालेका कृष्णहरि थापाले ५२२ मत ल्याएका छन्।
गोकर्णेश्वर नगरपालिकामा कांग्रेसका सन्तोष चालिसेले ५२३ र एमालेका पुण्य चौलागाईंले ३८२ मत प्राप्त गरेका छन्।
टोखामा कांग्रेसको १०१६ र एमालेको ७७१ मत रहेको छ।
त्यस्तै तार्केश्वर नगरपालिकामा पनि काँग्रेसको अग्रता कायम छ।
चन्द्रागिरिमा कांग्रेसको १०१२ र माओवादीले ५२२ मत ल्याएका छन्।

एमालेः
शंखरापुर नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ जहाँ एमालेले ८५८, माओवादी ५७० र कांग्रेसले ४०३ मत ल्याएका छन्।
बुढानीलकण्ठ नगरपालिका एमाले एमालेले ८७९ र नेपाली काँग्रेसले ५५५ मत ल्याएको छ।
दक्षिणकालीमा एमालेको ५३३ र कांग्रेसको ३४५ मत छ।
त्यस्तै कीर्तिपुरमा पनि एमालेको अग्रता कायमै छ।
नागार्जुन नगरपालिकामा पनि एमालेकै अग्रता रहेको छ।

निरन्तर अपडेटका लागि हामी सगैँ रहेको छ ।

कमेन्टहरु
Loading...