वडा तथा गाविसस्तरीय व्याण्डमिन्ट प्रतियोगिता

पोखरा, १ साउन/नेपाल राष्ट्रिय वाणिज्य संघ कास्कीको आयोजनामा ३७ औं पुष्पलाल दिवस अवसरमा साउन ५ र ६ गते वडा तथा गाविस स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कार स्वरुप २० हजार बराबर ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । दोस्रो हुनेले १५ हजार, तृतीय हुने २ समूहलाई १०–१० हजार दिइनेछ । संघको शनिबार सम्पन्न बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

टिम दर्ताका लागि संघमा आबद्ध सदस्यले सम्पर्क गर्न सक्नेछन् । टिम दर्ताका लागि एक हजार पाँच सय रुपैयाँ लाग्ने कार्यक्रम संयोजक चेतन कार्कीले जानकारी दिए । खेल पोखरा रंगशालामा हुनेछ ।

संघका अध्यक्ष संजीवबहादुर कोइरालाको अध्यक्षतामा बसेको पाँचो पूर्ण बैठकले सल्लाहकारमा दिलबहादुर गुरुङ, बासु त्रिपाठी, धनञ्जय अधिकारी, दलबहादुर गुरुङ, विष्णु भण्डारी, अम्बर तुलाचन र बिमल गुभाजुलाई चयन समेत गरेको संघका सदस्य यदुनाथ अधिकारीले बताए ।

कमेन्टहरु
Loading...