कालिका तेक्वान्दो स्कुलमा बेल्ट टेस्ट

पोखरा, ११असोज। कास्की जिल्ला तेक्वान्दो सङ्घको मातहतमा सञ्चालित कालिका तेक्वान्दो स्कुल कास्कीकोट–८ मा शुक्रबार तेक्वान्दोको संयुक्त बेल्ट टेस्ट सम्पन्न भयो। कास्की जिल्ला तेक्वान्दो सङ्घका सचिव प्रेमनारायण न्यौपानेको उपस्थितमा भएको सो बेल्ट टेस्ट तेक्वान्दोका सहायक प्रशिक्षक सुनबहादुर लामा र तेक्वान्दो स्कुलका डोजाङ प्रमुख बोधराज गिरीले प्रशिक्षार्थीहरूको टेस्ट लिएका थिए। 

takandoकालिका तेक्वान्दो स्कुलबाट ह्वाइट बेल्टतर्फ २४, एलोग्रीनतर्फ दुई तथा एलोबेल्टतर्फ २६ गरी ५२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि कालिका उमाविका प्रधानाध्यापक इश्वरीप्रसाद बस्ताकोटीले तेक्वान्दो खेलले विद्यार्थीको पढाइको अलावा बौद्धिक, मानसिक तथा सामाजिकरूपमा जिम्मेबार बनाउने बताए।उनले तेक्वान्दो खेलले विद्यालयको गरिमा बढाएको दाबी गरे।

कास्की जिल्ला तेक्वान्दो सङ्घका सचिव प्रेमनारायण न्यौपानेले मार्सल आर्टको प्रमुख विधा तेक्वान्दोमार्फत नेपालले ओलम्पिकमा सहभागिता जनाइसकेको उदाहरण दिँदै यसले आत्मरक्षाको साथै नेपालको इज्जत र प्रतिष्ठा राख्न सक्ने दाबी गरे।उनले हाल कास्की जिल्लाको मातहतमा स्कुल र डोजाङ गरी दुई दर्जन डोजाङ सञ्चालित भएको जानकारी दिए। विद्यालयका सहायक प्रधानाध्यापक विष्णुहरि त्रिपाठीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चलन डोजाङ प्रमुख बोधराज गिरीले गरेका थिए।

कमेन्टहरु
Loading...