तेश्रो राष्ट्रिय र्याफ्टिङ प्रतियोगिताको उपाधी नेपाल र्याफ्ट एण्ड कायक क्लव फिस्लिङ ए लाई

पोखरा ,११ फागुन​ /तेश्रो राष्ट्रिय र्याफ्टिङ प्रतियोगिताको उपाधी नेपाल र्याफ्ट एण्ड कायक क्लव फिस्लिङ एले हात पारेको छ । प्रतियोगितामा तीन वटै विद्या स्प्रीन्ट, स्लालम र डाउन रिभर रेसमा उत्कृष्ट प्रदर्शन सहित र्याफ्टिङ प्रतियोगिताको उपाधी हात पारेको हो । नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ एशोसियसनको आयोजनामा फेब्रुअरी १९ देखी २१ सम्म चितवनको फिस्लिङ स्थित त्रिशुली नदीमा सम्पन्न प्रतियोगितामा ११ टीमलाई पछाडी पार्दै नेपाल कायक एण्ड र्याफ्ट क्लव फिस्लिङ एले उपाधी हात पारेको हो । प्रतियोगितामा नेपाल कायक एण्ड र्याफ्ट क्लव फिस्लिङ ए ले तीन विद्या मध्ये स्प्रीन्टमा निर्धारित दुइ किलोमिटर दुरी १ मिनेट ५६ सेकेन्डमा पार गर्न सफल भएको थियोभने स्लालममा निर्धारित दुरी २ मिनेट १५ सेकेण्डमा पार गर्न सफल भएको थियोभने १२ किलोमिटरको डाउन रिभर रेस ४५ मिनेट ३६ सेकेण्डमा पार गर्न सफल भएको थियो ।

प्रतियोगितामा प्याडल नेपाल बी टीमले दोश्रो स्थान हासिल गर्न सफल भयो । प्याडल नेपालले तीन विद्या मध्ये स्प्रीन्टमा निर्धारित दुई किलोमिटर दुरी १ मिनेट ५७ सेकेडमा पार गर्न सफल भएको थियोभने स्लालममा निर्धारित दुरी २ मिनेट १८ सेकेण्डमा पार गर्न सफल भएको थियोभने डाउनरिभर रेसमा ४७ मिनेट ९ सेकेण्डमा पार गर्न सफल भएको थियो । प्रतियोगितामा नेपाल कायक क्लवले तेश्रो स्थान हासिल गर्न सफल भयो । नेपाल कायक क्लवले निर्धारित दुइ किलोमिटरको स्प्रीन्ट १ मिनेट ५९ सेकेण्डमा पार गर्न सफल भएको थियोभने स्लालम २ मिनेट २१ सेकेण्डमा पार गर्न सफल भएको थियोभने डाउन रिभर रेस ४६ मिनेटमा पार गर्न सफल भएको थियो ।

त्यसैगरी सातौ राष्ट्रिय कायाकिङ सललम प्रतियोगिताको उपाधी बिक्रम गुरुङले हात पारे निर्धारित २ किलोमिटर दुरी ८४ सेकेण्ड ६९ मिलि सेकेण्डमा पार गर्दै गुरुङले प्रतियोगिताको उपाधी हात पारेका थिए । प्रतियोगितामा निर्धारित दुरी ८५ सेकेण्ड ९४ मिलिसेकेण्डमा पार गर्दै सुरजन तामाङले दोश्रो स्थान हासिल गरेभने ८७ सेकेण्ड २५ मिलिसेकेण्डमा निर्धारित दुरी पार गर्दै रमेश गुरुङले तेश्रो स्थान हासिल गरे । उक्त प्रतियोगितामा दुई महिला सहित २७ जना खेलाडीको सहभागीता रहेको थियो ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई इच्छामनकामना गाउपालिकाका प्रमुख गीता गुरुङ, इच्छा मनकामना गाउपालिका वडा नम्बर ३ का अध्यक्ष गोबरधन अधिकारी, माउण्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष गोविन्द भट्टराइ, नेपाल र्याफटिङ एण्ड क्यानोनिङ एशोसियसनका अध्यक्ष मन बहादुर न्यौपाने लागयतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कृत खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै इच्छामनकामना गाउपालिकाका प्रमुख गीता गुरुङले त्रिशुुली नदी संरक्षणका लागी नदीमा खेल खेलाउने संघ सस्था संग आफुहरु सहकार्य गरेर इच्छामनकामना गाउपालिकाका पर्यटकीय गन्तब्यहरुमा पर्यटक भित्रयाउन आफुहरु तयार रहेको वताइन ।

कमेन्टहरु
Loading...