फागुन पहिलो साता पोखरामा छात्र/छात्रा भलिबल प्रतियोगिता

पोखरा, १९ माघ / कास्की जिल्ला भलिबल संघको आयोजना तथा सृजना विकास केन्द्र पोखराको मुख्य प्रायोजनमा फागुन ६ गतेदेखि सामुदायिक विद्यालयस्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल प्रतियोगितामा ५० टोलीले सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।

विद्यालयस्तरीय प्रतिस्पर्धामा १२ कक्षासम्म अध्ययनरत विद्यार्थी समेत सहभागि जनाउन पाउने छन् । विद्यालयस्तरीय देखि नै भलिबलको विकास र विस्तार गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताको विजेताले ५०/५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतिस्पर्धामा उपविजेताहरुले ३०/३० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

तेस्रो स्थानमा १५/१५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई नगद ५/५ हजार रुपैया प्रदान गरिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीमप्रसाद पराजुलीले बताए । उनका अनुसार अन्य ५ विधाका उत्कृष्ट खेलाडीले भने १/१ हजार नगदसहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताको लागि ९ लाख ५५ हजार खर्च हुने अनुमान छ ।

कमेन्टहरु
Loading...