विद्यालयस्तरी क्रिकेटमा प्रतिभा र नेपाल भारत मैत्री विद्यालय विजयी

पोखरा, १ फागुन/कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाई वरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा बुधबार दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा प्रतिभा र दोस्रो खेलमा नेपाल भारत मैत्री विद्यालय विजयी भएका छन् ।

टस जितेर व्याटिङ रोजेको सृजना बोर्डिङले १०७ रन बनाएको थियो । नितेश बस्नेतको १८, अबमास बस्नेतले १५, योजेन गुरुङले १३ र विक्रम ठकुरीको १२ रनको योगदानमा सृजनाले १०७ रनको स्कोर तयार बनायो । प्रतिभाका जगदिश घिमिरेले पाँच विकेट लिए । प्रतियोगितामा पाँच विकेट लिने उनी एक्ला खेलाडी समेत हुन् ।

१०८ रनको लक्ष्य पछ्याएको प्रतिभाले ११ ओभरमा पुरा गर्यो । जगदिश घिमिरले अविजित ३६ रन हिर्काए । उनले ६ चौका ठोके । रोशन न्यौपानेले अविजित २६ रन बनाएपछि प्रतिभा लक्ष्य सहजै भेट्टाएको हो । शुशिल तिवारीले १५ रन जोडे । उनी नितेश बस्नेतको बलमा एलबी डब्लुको धरापमा परे । घिमिरे जे४ म्यान अफ दि म्याच घोषित भएका थिए ।

दोस्रो खेलमा नेपाल भारत मैत्री विद्यालयले जुनियर सिटिजन्स एकेडेमीलाई २२ रनले पराजित गर्यो । नेपाल भारत मैत्री विद्यालयका हुजेस यासिनको अर्धशतकीय पारीमा ११५ रनको योगफल तयार पार्यो । यासिनले ५४ रन बनाउँदै प्रतियोगिताकै पहिलो अर्धशतक पुरा गरे । हसिब यासिनले १७ रन जोडिदिए । केवल ४ विकेटको क्षतिमा ११५ रन बनाउँदै लक्ष्य प्रस्तुत गरेको थियो ।

११६ रनको लक्ष्य पछ्याएको जुनियर सिटिजन्स एकेडेमी भने ९३ रनमै समेटियो । ६ विकेट गमुाएको एकेडेमीले २० ओभर पुरै खेल्यो । उसका लागि प्रेम गुरुङले अविजित ३० रन बनाए । सन्तवन पौडेले २६ रन बनाए पनि जितको लक्ष्य पुरा गराउन भने असमर्थ रहे । प्रतियोगितामा सिटिजन्स एकेडेमीमाथि २२ रनले जित दिलाउने क्रममा जे ४ स्पोर्टस म्यान अफ दि म्याच घोषित बनेका नेपाल भारत मैत्री विद्यालयका कप्तान हुजैफ यासिनले सर्वाधिक ३ विकेट लिएका थिए ।

कमेन्टहरु
Loading...