पोखरा स्पोर्टस् अवार्डमा क्रिकेटको बर्चसो, फुटबलबाट मनोनयनमा परेनन्

सागर राज तिमिल्सिना
पोखरा, १ जेठ/नेपाल खेलकूद पत्रकार मञ्च कास्कीको आयोजना तेस्रो ‘टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा क्रिकेटका खेलाडी बर्चसो देखिएको छ । जेठ १८ गते प्रदान गरिने अवार्डमा क्रिकेटबाट दुई खेलाडी, १ प्रशिक्षक र १ क्रिकेट संघका पुर्व अध्यक्ष परेदा फुटबलमा भने एक जना पछि पर्न सकेनन् ।

खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार पत्रकार सम्मेलन गरि मनोनयमा परेका खेलाडीहरुको नाम सार्वजनी गरेको हो । मञ्चले लाइफटाइम अचिभमेण्ट अवार्डबाट प्रा डा वीरेन्द्रसिंह गुरुङलाई सम्मान गर्ने खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए । लाइफटाइम अचिभमेन्ट अवार्डका लागि ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने उनले जानकारी दिए ।

वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ कमलबहादुर भण्डारी (शारीरिक सुगठन), करण केसी (क्रिकेट) र तिलकबहादुर पुन मगर (आर्चरी), वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ विमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोनयनमा परेका छन् । उनी मध्येबाट एक÷एक जना उत्कृष्टले वर्ष खेलाडी पुरुषलाई टिभिएस अपाचे मोटरसाइकल, ट्रफी र दोसल्ला तथा वर्ष खेलाडी महिलालाई टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्ला प्रदान गरिने छ ।

त्यसै गरि वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर (कबडडी) र मेगबहादुर सेन (क्रिकेट), वर्ष उत्कृष्ट प्रशिक्षकमा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । मनोनीत मध्येबाट प्रत्येक विधामा एक÷एक जनाले नगद १५ हजार, ट्रफी र दोसल्लाले सम्मान गरिने अध्यक्ष पाठकले बताए । त्यसै गरि वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला ब्याडमिन्टन संघलाई नगद १० हजार र ट्रफी सहित सम्मान गर्ने उनले बताए ।

त्यसै गरि यस वर्षदेखि मञ्चले कास्कीमा रहेर कम्तीमा पाँच वर्ष निरन्तर खेलकुदलाई पर्यटनसँग जोड्दै समाचार लेख्ने पत्रकार मध्ये एक जनालाई नगद १५ हजार सहित सम्मान गर्ने उनले बताए । सम्मान वितरण कार्यक्रमका लागि मञ्चका उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । मनोनयनमा पर्ने खेलाडी कास्कीमा जन्म तथा कर्मथलो बनाएर जिल्ला, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक खेलाडी रहेको बरालले बताए ।

कमेन्टहरु
Loading...