राष्ट्रिय क्रिकेट खेलाडी करण केसि पोखरामा सम्मानित, प्रदेश सरकारले १ लाख दिने

पोखरा, ९ फागुन /नामिवियामा आयोजित आईसिसि विश्वकप क्रिकेट लिग डिभिजन २ मा क्यानाडा विरुद्धको खेलमा बिस्फोटक ब्याटिङ गरि नेपाललाई डिभिजन एकमा बढुवा गर्न महत्वपूर्ण योगदान दिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई पोखरमा बुधवार सम्मान गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेश नम्बर ४ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी केसीलाई सम्मान गरे ।

कार्यक्रममा प्रदेश सांसदहरु राजिब पहारी, कृष्ण थापा, दिपक कोइराला, इन्द्रधारा विष्टले पनि क्रिकेट खेलाडी केसीलाई सम्मान गरेका थिए । सम्मान कार्यक्रममा प्रदेश नम्बर ४ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रामशरण बस्नेतले क्रिकेटर केसीलाई प्रदेश सरकारका तर्फवाट प्रोत्साहन स्वरुप एक लाख रुपैयाँ प्रदान गर्ने घोषण गरे ।

मन्त्री बस्नेतले आईसिसि विश्वकप क्रिकेट लिग डिभिजन २ मा क्यानाडा विरुद्धको खेलमा राष्ट्रिय खेलाडी केसीले गरेको प्रर्दशनको प्रशंसा गर्दै प्रदेश सरकारले खेलमा सर्मपित खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदको पूर्वाधार विकासमा अगाडी बढ्ने बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद समितिका अध्यक्ष खगराज पौडेलले सरकारले खेलाडीबाट पदकको आशा मात्र गर्ने होइन उनिहरुको दक्षता विकासकालागि प्रशिक्षण, जिवन यापनकालागि आवश्यक सुबिधाको साथै खेलकुदको पूर्वाधार विकासमा योजना सहीत लाग्नु पर्ने चुनौती रहेको बताए ।

सम्मान कार्यक्रममा बोल्दै सम्मानित खेलाडी केसीेले सम्मानले आगामी दिनमा अझै उच्च प्रर्दशन गर्न जिम्मेवारी बढेको सुनाए । कार्यक्रममा राखेपका पूर्व सदस्य राजेश गुरुङले सम्मान स्वरुप खेलाडी केसीलाई नगद १५ हजार प्रदान गरेका थिए । नामिविायमा आयोजित आईसिसि विश्वकप क्रिकेट लिग डिभिजन २ मा क्यानडा विरुद्धको खेदमा स्ट्राईकमा रहेका करणले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

कमेन्टहरु
Loading...