हेमजा सेभेन ‘ए’ साईड फुटबलमा छ लाख बचत

पोखरा, १ पुस/विष्णुपादुका क्लब तथा विष्णुपादुका फुटबल एकेडेमी पोखरा लेखनाथ–२५ हेमजाको आयोजना गरेको हेमजा सेभेन ‘ए’ साइड नकआउट फुटबल प्रतियोगिता–२०७४ को आया व्यय सार्वजनिक गरेको छ।क्लबले शनिवार एक कार्यक्रमको अयोजना गरी पाँच लाख ९४ हजार आठ सय ५३ रुपैया बचत भएको जानकारी दिएको हो।

प्रतियोगिताका अर्थ संयोजक जगतबहादुर थापाका अनुसार ११ लाख ७१ हजार छ सय ५५ संकलन भइ पाँच लाख ७६ हजार आठ सय दुई रुपैया खर्च भई पाँच लाख ९४ हजार आठ सय ५३ रुपैया बचत भएको हो।विष्णुपादुका फुटबल एकेडेमीको सहयोगार्थ युवालाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो।उक्त बचत रकम शनिवार नै विष्णुपादुका फुटबल एकेडेमीको सञ्चालनका लागि एकेडेमीलाई हस्तान्तरण गरिएको छ।

उक्त रकम अर्थ संयोजक जगतबहादुर थापाले क्लबका प्रशिक्षक तथा कार्यक्रम संयोजक सुविन श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।‘मैत्रीभाव तथा स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूलनाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिता ६९ टिमको सहभागिता रहेको छ। कार्यक्रममा वडा अध्यक्ष शोभाकर तिम्सिना, वडा सदस्य जितबहादुर कार्कीले बोलेका थिए।विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्ञानु थापाले स्वागत र सहसचिव मनोज कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्टहरु
Loading...