गण्डकी प्रदेशको महिला फुटबल टोली काठमाडौ तर्फ

पोखरा, ४ मंसिर / गण्डकी प्रदेशको महिला फुटबल टोली छैटौं प्रधान सेनापती अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन मंगलबार काठमाडौं प्रस्थान गरेको छ ।

टोलीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम बहादुर गुरुङले बिदाई गरे । मंसिर ५ गते देखि १२ गते सम्म संचालन हुने प्रतियोगितामा सहभागीता जनाउने १८ सदस्यिय टिममा काठमाडौ प्रस्थान गरेको हो ।

टोलीमा साबित्री किसान, जिन माया थापा मगर, पुष्पा गुरुङ, रेणुका हमाल, पविता थापा मगर, मनिसा पगेनी धनमायाँ गुरुङ, मनमाया परियार, पार्वती राना मगर, रिया बानु, शन्त नेपाली, संगिता गुरुङ, सुप्रिया गुरुङ, सुनिता बिक, ननिता गुरुङ, बिबिशा मास्के, शुष्मा जिटी र अस्मिता रनपाल रहेका छन् ।

यसै गरि टिमको प्रशिक्षकमा प्रल्हाद हिराचन र टिम म्यानेजरमा बिकास गुरुङ रहेको संयोजक धरम बहादुर लामिछानेले जनाएका छन् ।

कमेन्टहरु
Loading...