यी हुन् च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने १६ टोली

काठमाडौं, मंसिर २७
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणको समीकरण पूरा भएको छ । गत राति अन्तिम ८ खेल भएसँगै समूह चरणको समीकरण पूरा भएको हो ।

कूल ३२ टोलीमध्ये १६ टोली अन्तिम १६ मा पुगेका छन् । समूह चरणमा आफ्नो समूहमा रहेका जम्मा ४ टोलीसँग हरेकसँग आफ्नो घर र अवे गरी दुई खेल खेलेपछि अंक तालिकामा शीर्ष दुईमा पर्ने टोली अन्तिम १६ मा पुगेका हुन् ।

जसअनुसार १६ टोली अन्तिम १६ मा पुग्दा १६ टोली भने प्रतियोगिताको समूह चरणबाट आउट भएका छन् । गत राति आफ्नो खेलमा बराबरी खेल्दै फ्रेन्च क्लब लियोन अन्तिम १६ मा पुग्ने अन्तिम टोली बनेको थियो ।

आफ्नो समूहको शीर्ष स्थानमा रहने टोली समूह विजेता बनेर अन्तिम १६ मा पुग्दा दोस्रो स्थानमा रहने टोली उपविजेता बनेर अर्को चरण जाने व्यवस्था छ ।

अन्तिम १६ मा सबैभन्दा धेरै इंग्लिस प्रिमियर लिग टोली ४ वटा पुगेका छन् । त्यसपछि स्पेनिस ला लिगा जर्मन बुन्डेसलिगाका ३–३ वटा क्लब अन्तिम १६ मा पुगेका छन् ।

त्यसैगरी, फ्रेन्च लिग वानबाट २ टोली अन्तिम १६ मा पुग्दा इटालियन सिरी ‘ए’ बाट पनि २ टोली अन्तिम १६ मा पुगेका छन् । त्यसपछि पोर्चुगल र नेदरल्यान्ड्सबा समान १–१ वटा टोली अन्तिम १६ मा पुगेका छन् ।

अन्तिम १६ मा पुग्ने टोली यी हुन् (समूह विजेता/उपविजेता) :

समूह ए –बोरुसिया डर्टमुन्ड (जर्मनी) र एथ्लेटिको मड्रिड (स्पेन)

समूह बी – बार्सिलोना (स्पेन) र टोटनह्याम (इंग्ल्यान्ड)

समूह सी – पिएसजी (फ्रान्स) र लिभरपुल (इंग्ल्यान्ड)

समूह डी– पोर्टो (पोर्चुगल) र शाल्के (जर्मनी)

समूह ई – बार्यन म्युनिख (जर्मनी) र अजाक्स (नेदरल्यान्ड्स)

समूह एफ – म्यानचेस्टर सिटी (इंग्ल्यान्ड) र लियोन (फ्रेन्च)

समूह जी – रियल मड्रिड (स्पेन) र रोमा (इटाली)

समूह एच – युभेन्टस (इटाली) र म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)

कमेन्टहरु
Loading...