पोखरा लेखनाथ १० मा निर्वाचन प्रचारप्रसार कार्यालय स्थापना

पोखरा १६ वैशाख /स्थानिय निकायको निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० मा चुनाव प्रचारप्रसार कार्यालय स्थापना गरिएको छ । नेकपा एमाले वडा कमिटी १० को प्रचारप्रसार कार्यालय स्थापना संगै गजकुमारी गुरुङको अध्यक्षतामा ५ सय १ सदस्यीय प्रचार प्रसार कमिटी गठन गरिएको छ ।

शनिवार सम्पन्न कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै स्थानिय निकायको निर्वाचन नजिकिदै गर्दा देशनै एमालेमय भइरहेको र पोखरा लेखनाथ उपमहानगरपालिका वडा नम्बर १० मा पनि एमालेले आफ्नो नेतृत्व सुनिस्चित गर्ने वताए । एमालेले बृद्ध भत्ता बृद्धी गर्दै युवाहरुलाई स्वरोगजार सहित मुलुकको बिकास निर्माणका काममा अगाडी वढाउने खालको घोषणापत्र जारी गर्ने उनको भनाइ रहेको थियो ।

नेकपा एमाले प्रदेश नम्बर ४ का सदस्य श्रीनाथ बरालले सवै कार्यकर्ताहरु एकजुट भएर स्थानिय निर्वाचनमा एमालेलाई जिताउनका लागी अगाडी वढ्न आग्रह गरे ।सो अवसरमा निर्वाचनलाई सफल बनाउनका लागी मुल कमिटी र विभिन्न उपसमितीहरु गठन गरेको छ । गजकुमारी गुरुङको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन प्रचारप्रसार मुल समिती गठन गरिएको हो । समितीको सह संयोजकमा सीता तिमिल्सिना, सचिवमा खगेन्द्र क्षेत्री, सह सचिवमा राजु श्रेष्ठ रहेका छन ।

त्यसैगरी शनिवार नै विभिन्न उपसमितीहरु गठन भएका छन । प्रचारप्रसारको उपसमितीको संयोजकमा राजु श्रेष्ठ, आर्थिक उपसमितीको संयोजकमा चेत बहादुर गुरुङ, युवा परिचालन उपसमितीको संयोजकमा कुमार थिङ, महिला परिचालन उपसमितीमा तारा सापकोटा, स्वास्थ्य उपसमिती संयोजकमा राम बहादुर केसी, अनुगमन उपसमितीको संयोजकमा गंगा कुंबर, घोषणापत्र निर्माण मस्यौदा उपसमितीको संयोजकमा कृष्ण तिमिल्सिना रहेका छन ।

नेकपा एमाले वडा कमिटी वडा नम्बर १० का अध्यक्ष पूर्ण प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य वडा कमिटीका उपाध्यक्ष सीता तिमिल्सिनाले गरेका थिएभने कार्यक्रमको सञ्चालन वडा कमिटीका उपसचिव राजु श्रेष्ठले गरेका थिए ।

कमेन्टहरु
Loading...