निर्वाचन विथोल्न संघीय गठबन्धनद्धारा आन्दोलनका कार्यक्रम

काठमाडौ, ४ बैशाख/मधेसी मोर्चा समेत सहभागी संघीय गठबन्धनले निर्वाचन विथोल्न आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी गठबन्धनले जुलुसदेखि नेपाल बन्दसम्मको कार्यक्रम सार्वजनिक गरेको हो । स्थानीय तहको निर्वाचन अन्तर्गत १६ गते उम्मेदवारी दर्ता, १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित र ३१ गते मतदान गर्ने कार्यक्रम छ । सोही कार्यक्रमलाई लक्षित गरी गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलन थाल्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्दोलनका कार्यक्रम यस्ता छन्ः

—बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस

—७ गते विभिन्न ठाउँमा लाठी जुलुस

—९ गते जनकपुर, उदयपुर, वीरगञ्ज र काभ्रेमा आमसभा

—१० गते विराटनगर, भैरहवा र पाल्पामा आमसभा

—११ गते नेपालगञ्ज, विर्तामोड र काठमाडौँमा आमसभा

—१२ गते धनगढी, धरान र पोखरामा आमसभा

—१३ गते मतदान केन्द्रमा लाठी जुलुस

—१४ गते सदरमुकामलगायत प्रमुख स्थानमा मसाल जुलुस

—१५ गते मधेस, थरुहट र लिम्बुवान बन्द

—१६ गते नेपाल बन्द

—१९ गते मतदान केन्द्रमा लाठी जुलुस

—२६ गते जिल्लाहरुमा मसाल जुलुस

—२७ गतेदेखि आम हडताल एवं अनिश्चितकालिन नेपाल बन्द ।

कमेन्टहरु
Loading...