राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीमा बिजयबहादुर भण्डारी

पोखरा, ३२ साउन/ राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध ‘प्रजातान्त्रिक युवा संगठन’को कास्की जिल्लास्तरीय कार्यसमिति गठन भएको छ ।

नवगठित कार्यसमितिको अध्यक्षमा बिजयबहादुर भण्डारी चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा विकास श्रेष्ठ, दुर्गाबहादुर आले, सचिवमा सौरभ त्रिपाठी र कोषाध्यक्षमा कमला थापा चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा प्रविण गुरुङ, शिव बानियाँ, सिजन सेञ्चुरी, आयुष श्रेष्ठ, सुशन विश्वकर्मा, समिर थापा, नोबेल प्रधान, सन्तोष लामा र विशाल परियार चयन भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका गण्डकी प्रदेश प्रमुख हिक्मतजंग कार्कीको पहलमा जिल्लास्तरिय युवा संठगन गठन भएको हो ।

कार्यक्रममा कार्यसमितिका निवर्तमान अध्यक्ष सन्तोष रानालाई जिल्ला कार्यसमितिको सल्लाहकार चयन गरिएको थियो । युवा संगठनको कास्की जिल्ला स्तरीय कार्यसमितिका लागि डाकिएको भेलामा पार्टीका सहायक महामन्त्री मदनबहादुर कार्कीको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा उनले अब राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति युवाहरुले नेतृत्व गर्नुपर्ने बेला आएको बताए । राष्ट्रबादमाथि हस्तक्षेप भैरहेको अवस्थामा युवा शक्ति एकजुट हुन आवश्यक रहेको उनले बताए । साथै उनले नवगठित कार्यसमितिलाई कास्कीमा रहेर पार्टीको गरिमालाई उँचो बनाईराख्न आग्रह गर्दै कार्यसफलताको शुभकामना समेत दिए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन, केन्द्रीय सदस्य कुलबहादुर गुरुङ (कुलु)सँगै नेपाली काँग्रेसका प्रतिनीधि बोधबहादुर कार्की, तरुण दल कास्कीका ईकाई अध्यक्ष जसबहादुर गुरुङ, वडा सदस्य जीतेन्द्रजंग थापा लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको व्यवस्थापन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य मनिस केसी र मिलन केसीले गरेका थिए ।

कमेन्टहरु
Loading...