नेपाली काँग्रेस कास्कीको जागरण अभियान

पोखरा, ४ जेठ/ हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत कास्कीका तीन वटै क्षेत्रमा कार्यकर्ता भेल तथा अभिमुखिकरण कार्यक्रम भएको छ ।

नेपाली काँग्रेसको केन्द्रीय निति अनुरुपनै नेपाली काँग्रेस कास्कीले प्रथम चरणमा कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत कास्कीको क्षेत्र नं. १ मा वुधवार, क्षेत्र नं २ मा विहीवार र क्षेत्र नं. ३ मा शुक्रबार कार्यक्रमको आयोजन गरेको नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलले जानकारी दिए ।

कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाबाट खटिएका प्रतिनिधि, क्षेत्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, इकाइ सभापति, भातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानित तहमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचत जनप्रतिनिध, उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रममा बोल्ने अधिकाँश सहभागिले काँग्रेस जगाउनका लागि अव नेताहरु गाउँ गाउँ पस्नु पर्ने बताएका थिए । ‘काँग्रेसका नेताहरु अल्छी भए, गाउँ मा नेता नै छैन ८० प्रतिशत नेता पुरै शहरमा छन् अनि कसरी गाउँमा काँग्रेस जाग्छ’ सहभागिले प्रश्न गरे,‘अव काँग्रेसलाई जगाउने हो भने नेताहरु शहरमुखी होइन गाउँमा केन्द्रीत गराउँनुपर्दछ ।’

उनीहरुले काँग्रेसका भात्तृ संगठनै चलायमान नहुदा काँग्रेसले हार वेहोर्नु परेको बताउँदै संगठनलाई चलायमान बनाउन केन्द्रीय नेताहरुलाई सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै जागरण अभियानका केन्द्रीय प्रतिनिधि एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले पाटी भित्र भएका असमझादीहरु चिरेर पाटीलाई एक ढिक्का बनाएर लैजानु पर्ने बताएका छन् ।

‘पाटीमा गुट उपगुटका कुरा धेरै आएका छन्’ उनले भने,‘अव यो अभियानबाट कुनै गुट नभई सिंगो काँग्रेस भएर अगाडि वढ्नु पर्दछ ।जिल्लामा आएका सुझावहरुलाई केन्द्रमा जस्ताको तस्तै पु¥याउने उनले प्रतिवद्धता जनाए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जागरण अभियानले कास्की काँग्रेस मजवुद हुने बताए । ‘यो पार्टीको पहिलो चरणको कार्यक्रम हो’,सभापति केसीले भने,‘यो कार्यक्रम लगत्तै गाउँ गाउँ वस्ती वस्तीमा यो जागरण अभियान लिएर जानेछौं ।’

जागरण अभियान कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति आइबहादुर गुरुङ, क्षेत्र नं. १ का सभापति वृजमान गुरुङ, क्षेत्र नं. २ का सभपाति माधव प्रसाद बास्तोला, सभापति विजयराज आचार्य, नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभपाति पोषनाथ शर्मा, नेपाल महिला संघ कास्की सभापति कोपिला रानाभाट, महासमिति सदस्य हरिमाया गुरुङ, जिल्ला सदस्य नम्रता बराल, क्षेत्र नं. १ का उपसभापति शरदराज सुवेदी, उपसभपाति मयाँदेवि तझ्या, क्षेत्र नं. ३ का उपसभपाति कमलबहादुर गुरुङ, क्षेत्र नं. १ का सचिव कृष्णप्रसाद कोइराला, क्षेत्र नं. २ का सचिव वर्षाकेशव पराजुली र क्षेत्र नं. ३ का सचिव खिमलाल बास्तोला लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...