मोटर बाटो निर्माणका लागि समिति गठन

बाघमारा, ३० असोज / पोखरालेखनाथ महानगरपालिका वडा नं ३३ स्थित पानी ट्याङ्की – लुतेको चौतारा र चैनपुर फेदी – ठूला डहर मोटरबाटो निर्माणका लागि दुई छुट्टाछुट्टै समिति गठन गरिएको छ ।

लगभग १८ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्न लागिएको साढे तीन सय मिटर लम्बाइको पानी ट्याङ्की – लुतेको चौतारा मोटरबाटो निर्माणका लागि विष्णुप्रसाद पौडेलको अध्यक्षतामा निर्माण समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा मीनबहादुर मगर, सचिवमा मेघमणि अधिकारी, कोषाध्यक्षमा मधु विक र सदस्यहरूमा चन्द्रप्रसाद पौडेल, श्रीकृष्ण पराजुली, खेमबहादुर नेपाली, रमा कंडेल र भगवती विक रहनुभएको छ ।

त्यस्तै छ लाख २६ हजार रुपैयाँको लागतमा ग्राभेल गर्न लागिएको साढे एक किमिको चैनपुर फेदी – ठूला डहर मोटर बाटो निर्माणका लागि गोपिराज तिवारीको अध्यक्षतामा निर्माण समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा भक्तबहादुर रानाभाट, सचिवमा वसन्तराज आचार्य, कोषाध्यक्षमा लिला सुवेदी र सदस्यहरूमा ऋषिराज आचार्य, विष्णुप्रसाद पौडेल, पदमराज पौडेल, बेलकुमारी आचार्य, नारायणी आचार्य, महेश्वर सुवेदी, तिलकराम गौतम रहनुभएको छ ।

कमेन्टहरु
Loading...