स्याङ्जामा तेस्रो साता अन्तराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने

पोखरा, ११ कात्तिक/स्याङजामा कात्तिक तेस्रो साता खुल्ला अन्तराष्ट्रिय प्याराग्लाइडिङ तथा राष्ट्रिय प्याराग्लाइडिङ खेलाडी छनौट प्रतियोगिता हुने भएको छ । कार्तिक १५ देखि २० सम्म प्रतियोगिता हुने सञ्चालन हुने पोखरामा शनिबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

स्याङ्जाको भिरकोट नगरपालिका –५ स्थित स्वरेकमा हुने प्रतियोगितामा स्वदेश तथा विदेशबाट गरि करिब तीन सय प्रतिस्पर्धी भाग लिने प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघका महासचिब शैलेन्द्र राउतले जानकारी दिए । प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ नेपालले आयोजना गर्न लागेको प्रतियोगिताको स्थानिय आयोजक बाबु एडभेञ्चर इन्टरनेशनल स्कुल रहेको छ । पाँच दिनसम्म संचालन हुने प्रतिस्पर्धामा तीन विधाका लागि खेलाडीहरुले भाग लिनेछन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु समावेश गरिने प्रतियोगिताबाट सन् २०१८ मा इण्डोनेसीयामा हुने एसियन गेमका लागि नेपाली खेलाडी छनौट गरिने उनले जानकारी दिए । प्याराग्लाइडिङको अन्तराष्ट्रिय निकाय एफएआईबाट मान्यता प्राप्त अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पधीहरुले तीन विधामा भाग लिने प्याराग्लाइडिङ पाइल सानुवावु सुनुवारले जानकारी दिए । क्रस कन्ट्री, एकुरेसी र टेण्डम गरि प्याराग्लाडिङका फरक फरक खेलमा प्रतिस्पर्धीहरुले भाग लिने उनले जानकारी दिए ।

प्याराग्लाइडिङको कक्षा संचालन भइरहेको स्थान स्वरेकमा उद्घाटन गरिने प्रतियोगितामा २० देशका १०० बढि खेलाडीहरु सहभागी हुने आयोजकको भनाई छ । प्रतियोगितामा ३६ मेडलमा १८ मेडलका लागि स्वदेशी खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव ९१ लाख रुपैयाँ लाग्ने अनुमान छ ।

कमेन्टहरु
Loading...