काठमाडौं, १२ मंसिर/कर फस्र्योटका क्रममा अरबौं रकम अनियमितता गरेको भन्दै भ्रष्टचार मुद्दा झेलिरहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा धरौटीमा रिहा भएका छन् । सर्वोच्च अदालतले थुनामा नराख्न आदेश दिए लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्कबाट उनि टाढा भएका थिए ।
उनी विशेष अदालत उपस्थित भए लगत्तै एक करोड रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् ।
सोही मुद्दामा कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई समेत विशेष अदालतले जनही एक करोड धरौटी रकम सहित थुन छेकको आदेश दिइसकेको छ । उनीहरु समेत धरौटी बुझाएर साधारण तारेखमा रिहा भएका छन् ।