काँग्रेस आफ्नो फाइदाको निम्ति चल्ने पार्टी हो : केपी ओली

मंगसिर १३,
चुनावी सभालाई सम्बोधन गर्दै बुधबार जन्मस्थल झापा आएका एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा पत्रकारहरुसंग गरेको संक्षिप्त कुराकानीमा अब चुनावपछि आउने परिणामले देशमा काँग्रेसको शासनसत्ता मासिने बताएका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार समेत रहेका ओलीले ‘काँग्रेस लोकतन्त्र हो, ‘लोकतन्त्र काँग्रेस हो, भन्दै एउटै परिभाषा लिएर कुदिरहेको र कांग्रेस बिना लोकतन्त्र छैन भनेको देख्दा हासो उठेको पनि बताए ।

काँग्रेससंग लोकतन्त्रको अभ्यास सम्बन्धि सुशासन, पारर्दर्शीता, राष्ट्रिय एकता, समाजिक सदभावको कुरा केही नभएकोले काँग्रेस आफ्नो फाइदाको निम्ति चल्ने पार्टी भएको आरोप समेत उनले लगाए । ‘काँग्रेस भन्छन्, ‘हामी खेलाडी होइनौ, हामी खेल हो, त्यही भएर हामीलाई नियम लाग्दैन । काँग्रेस खेल भएर नै नियम जति खेलाडीलाई लगाएका छन् । ओलीले भने, खेलाडी भएर नै काँग्रेसले आचारसंहिता एमाले लगायत अरु पार्टीलाई लगाएको बताए ।

‘अबको चुनावपछि काँग्रेसलाई समाप्त हुनबाट जोगाउनका लागि प्रमुख विपक्षी पार्टीमा राखेर पाँच बर्ष हामीले सिकाउनु छ, उनले भने, ‘सरकार चलाएको देखेर काँग्रेस सर्पिएर आएमा देशको लोकतन्त्र अझ बलियो हुन्छ ।’

ONLINEKHABAR प्रयोग गर्नु हुन्छ भने होसियार , उक्त पेज

BLACKLIST मा छ

North Korea threatens America with total destruction after testing a missile over Japan again

पहिले डिभोर्स भएकी अमेरिकी नायीका संग बेलायतका प्रिन्स हेरीको विवाह तय 

वर्षमान पुनले दिए बिप्लबलाइ सुझाव , भने बहस गरौं, हतियार किन उठाउनुपर्‍यो ?

 

कमेन्टहरु
Loading...