न्युरोडमा निःशुल्क रगत जाँच

पोखरा, २८ वैशाख/शुभम् बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–८, न्युरोडले भोलि (शनिबार) कार्यालय परिसरमा निःशुल्क शिविर आयोजना गर्ने भएको छ । सरकारीले ६ औं वार्षिकोत्सवको अवसरमा शनिबार मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण तथा सचेतना कार्यक्रम गर्न लागेको हो ।

शिविरमा प्राविधिक सहयोग युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले गरेको छ । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्थापनाको ४ वर्षमा विभिन्न संघ, संस्थासँगको सहकार्यमा भएका शिविरबाट ३० हजारभन्दा बढीले सेवा लिएको उल्लेख गरे । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै सर्वसाधारणलाई सचेत बनाउने र सहुलियतमा गुणस्तरीय सेवा दिन संस्था निरन्तर लाग्ने प्रतिवद्धता गरे ।

कार्यक्रममा सहभागी भई स्वास्थ्य लाभ लिन सहकारीले सबै सेयर सदस्यहरु, सेवाग्राही तथा शुभचिन्तकलाई अनुरोध गरेको छ । कार्यक्रममा वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईले सहभागीलाई स्वास्थ रहन गर्नुपर्ने खानपान, आनीबानी र विभिन्न रोगबारे प्रकाश पार्ने छन् ।

कमेन्टहरु
Loading...