महिला भलिवल प्रतियोगिता सुरु, न्यु डायमण्डको विजयी सुरुवात

पोखरा २५, भदौं/पोखराको लामाचौरमा सोमबार देखी राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु भएको छ ।

सोमबार भएको उद्घाटन खेलमा गत बर्षको उपविजेता काठमाण्डौंको न्यू डायमण्ड एकेडेमीले विजयी सुरुवात

गरेको छ ।

लामाचौरमा रहेको इन्द्रराज्य लक्ष्मि माविको खेल मैदानमा भएको उद्घाटन खेलमा न्यू डायमण्डले पोखराको

टप्स माविलाई २५–२२, २५–१७ र २५–१९ को सोझो सेटमा पन्छाउदै विजयी सुरुवा गरेको हो ।

लिग चरणकै दोश्रो खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपिएफले चितवन टाईगरलाई २५–२१,

२५–१८ र २५–१४ को सोझो सेटमा पराजित गरेको हो । बर्षादका कारण लिग चरणको तेश्रो खेल स्थगित भएको

खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । न्यू डायमण्ड र विभागिय टोली त्रिभुवन आर्मी क्लव बिचको खेल जारी

रहदा ठुलो बर्षाद भएसंगै खेल स्थागित भएको हो ।

प्रतियोगितामा ५ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विजेता टिमले एक लाख रुपैया र दोश्रो हुनेले ६५

हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी अन्तर मावि छात्रा भलिवल प्रतियोगिताको

उपाधिको टप्स माविले जितेको छ । सोमबार भएको फाइनल खेलमा टप्सले करुणा निधि फाउण्डेसन (केफ)

लाई सोझो सेटमा पराजित गर्दैै उपाधि जितेको हो । विजेताले २५ हजार र उपविजेताले १५ हजार पुरस्कार प्राप्त

गरे ।

कमेन्टहरु
Loading...