पोखरा प्रिमियर लिग विजेतालाई २७ लाख रुपैयाँ पुरस्कार घोषणा

पोखरा, ८ कात्तिक /पोखरा रंगशालामा शुक्रबारदेखि शुरु हुने टी–२० क्रिकेट प्रतियोगिताको पोखरा प्रिमियर लिगको पुरस्कार राशी सार्वजनिक गरिएको छ ।

क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित फ्रेन्चाईज टिम बीचको प्रतिस्पर्धामा नेपालमा सञ्चालित क्रिकेटको प्रिमियर लिगको पुरस्कार राशी सवार्धिक रहेको छ ।

पोखरा प्रिमियर लिगको विजेताले २७ लाख रुपैयाँ पाउने छ । प्रालिले बुधबार प्रेस विज्ञप्ति मार्फत पुरस्कारको राशी सार्वजनिक गरेको हो । उपविजेताले १० लाख रुपैयाँ पाउने छन् । प्रतियोगितामा म्यान अफ दि सिरिज, उत्कृष्ठ व्याट्सम्यान र उत्कृष्ठ बलरलाई भीजी अटोमोवाईल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सिसीको मोटरसाईकल प्रदान गरिने समेत आयोजकले जनाएको छ ।

प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ दि म्याचले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबांट –एक्स्टेप, सुविसु आदि)ले ५ हजार बरबारको गिफेट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ । पोखरा प्रिमियर लिगको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद १५ हजार ५ सय रुपैयाँ प्रदान गरिने विज्ञप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...