रजत पदक विजेता खेलाडीलाई गण्डकी प्रदेशको नगद सहित सम्मान

पोखरा, २६ भदौ / १८ औ एशियाडमा नेपाललाई रजत पदक दिलाउन सफल नेपाली प्याराग्लाइडिङ टिमलाई

गण्डकी प्रदेशले पोखरामा मंगलबार नगद सहित सम्मान गरिएको छ ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुनले टिमका ५ जना खेलाडीलाई जनही

१ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरेका हुन् । पुरस्कार १ लाख रुपैयाँ प्राप्त गर्ने खेलाडीमा बिमल अधिकारी,

विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् ।

यस्तै, मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउत जनही

२५ हजार रुपैयाँसहित सम्मानित भए ।

सोही समारोहमा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघलाई र एसियाली खेलमा सहभागिता जनाएर

छैटौं हुन सफल महिला खेलाडीलाई पनि सम्मानपत्र प्रदान गरियो । सम्मानित महिला खेलाडीमा त्रिषा श्रेष्ठ

वमजन, प्रतिभा भुजेल र सविता तामाङ हुन् । कार्यक्रममा मुख्यमन्त्री गुरुङले राष्ट्रकै गरिमा बढाउन पोखरेली

खेलाडीले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको बताए ।

कमेन्टहरु
Loading...