हुम्लामा तारा एयरलाइनको जहाज दुर्घटना ,

मङ्सिर १२/ हुम्लाबाट सुर्खेत जान लागेको तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुँदा केही यात्रुसहित विमानको क्याप्टेन घाइते भएका छन् ।

हुम्ला विमानस्थलबाट उडान भर्नका लागि रनवेमा दाैडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि विमान् दुर्घटनामा परेको प्रदेश ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिए ।

विमानमा सवार दुई प्रहरीसहित एक क्याप्टेन घाइते छन् ,उनले भने। उनीहरुको शिरमा गम्भीर चोट लागेको छ । अन्य १३ यात्री भने सामान्य घाइते छन्। उनीहरुको हुम्लामा उपचार भइरहेको छ ।

घाइतेका उद्वारका लागि एक हेलिकप्टर पठाइएको छ । यस घटना बारे थप विवरण आउन बाकी छ ।

कमेन्टहरु
Loading...