लेखापढी व्यवसायीको सहयोग बृद्धाश्रमलाई

पोखरा, ६ असोज/नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन कास्कीले पोखरा १८ मा रहेको वात्सायन बृद्धाश्रमलाई सहयोग गरेको छ ।

एशोसियसनको नियमित वार्षिक कार्यक्रम अनुसार मंगलवार बृद्धाश्रममा एक कार्यक्रमका विच एशोसियसनका अध्यक्ष अम्वरवहादुर कार्की(अनिल) ले बृद्धवृद्धाको लागि खाद्यान्न, फलफुल तथा नगद सहयोग वृद्धाश्रमका अध्यक्ष वोधराज कार्कीलाई हस्तान्तरण गरेका छन् ।

एशोसियनले १६ हजार १ सय ९५ रुपैया वरावरको खाद्यान्न तथा व्यवसायीवाट व्यक्तिगत रुपमा संकलन गरिएको ५ हजार रुपैया नगद प्रदान गरेको हो । कार्यक्रममा एशोसियसनका अध्यक्ष अम्वरवहादुर कार्की(अनिल)ले बावु आमाले ठुलो दुखले हुर्काएका छोराछोरी वुढेषकालका सहारा हुनुपर्नेमा वेसाहारा भएर बृद्धाश्रममा जानुपर्ने अवस्था आउनु समाजकै लागि चिन्ताको विषय भएको वताए ।

सवै सचेत नागरिकले बावुआमालाई उचित रेखदेख तथा स्याहार सुसार गर्नुपर्ने भनाई कार्कीको थियो । बृद्धाश्रमका अध्यक्ष वोधराज कार्कीले एशोसियसनले गरेको सहयोगमा आभारी हुँदै निरन्तर सहयोगको अपेक्षा राखेका छन् । कार्यक्रममा स्वागत आश्रमका कोषाध्यक्ष शिवप्रसाद पोखरेल तथा संचालन सचिव ललित वानियाले गरेका थिए ।

कमेन्टहरु
Loading...