पोखरा । नेपालमा थप १ हजार ९ सय ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार नेपालमा थप १ हजार ९ सय ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो अवधिमा संक्रमित भएकाहरुमध्ये १ हजार २ सय ५ जना पुरुष तथा ७ सय ४० जना महिला रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगको छ । हाल नेपालमा २४ हजार ६ सय ६५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १० हजार ३ सय ४० जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै यो अवधिमा नेपालमा थप ५ हजार ३ सय ६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २२ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार २ सय ९८ पुगेको छ ।
हाल नेपालमा ४ सय ३ जनाको आइसियु तथा ६३ जना संक्रमितको भन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै १९ हजार १४ जना होम आइसोलेसनमा रहेका छन् ।
नेपालमा मनाङ मात्र सक्रिय संक्रमित सुन्य भएको जिल्ला हो ।
त्यस्तै कास्की सहित मोरङ, झापा, सुनसरी, ललितपुर, चितवन, काभ्रे, दाङ, रुपन्देही तथा कैलाली जिल्लामा ५ सयभन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्ला हुन् ।