पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको कोरोनाबाट निधन, १४ सय ७७ जना थपिए

पोखरा । नेपालमा थप १ हजार ४ सय ७७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप १ हजार ४ सय ७७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ९ हजार ६ सय ७६ पुगेको छ ।

हाल नेपालमा ३५ हजार १ सय २५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस्तै यो अवधिमा नेपालमा थप २ हजार ७ सय ९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ७३ हजार ४ सय ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार २ सय २१ पुगेको छ ।

कमेन्टहरु
Loading...