कोरोनाका कारण भारतमा थप ८ जना नेपालीको निधन

काठमाडौं । कोरोना भाइरसको कारणले विदेशमा थप आठजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण आठजना नेपाली ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली संख्या २ सय ९३ जना पुगेको छ ।

संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

यो साता नेपालमा मात्र २ लाख ६ हजार ३ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये १ लाख ६८ हजार १२९ जना कोरोनामुक्त भएका छन् । रासस

कमेन्टहरु
Loading...