धरान । कोरोना भाइरस संक्रमणबाट धरानमा १ जनाको ज्यान गएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा झापाकी २५ वर्षीय महिलाको शनिबार राति साढे १० बजे ज्यान गएको हो । अस्पताल स्रोतका अनुसार कार्तिक २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उनलाई कुनै किसिमको दीर्घ रोग थिएन ।
