प्रदेश नं १ मा ६२५ निको, २३१ जना थप

काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा छ सय २५ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।

उनीहरु विभिन्न अस्पताल र होम आइसोलेशनबाट निको भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म निको हुनेको सङ्ख्या १७ हजार ७७८ पुगेको छ ।

प्रदेशमा उक्त अवधिमा २३१ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ७२५ जनाको पिसिआर परीक्षणमा १०५ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित भएकामा झापामा १०३, मोरङमा ८६ मध्ये विराटनगरमा ६३, सुनसरीमा ३३, इलाममा तीन, तेह्रथुममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २३ हजार ६६५ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७८ हजार ७९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

कमेन्टहरु
Loading...