सुर्खेत । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट १ जनाको ज्यान गएको छ ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको प्रदेश अस्पताल सुर्खेतका उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट आज बिहान साढे ४ बजेको समयमा ज्यान गएको हो ।
उनलाई कार्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए । होम आइसोलेसनमा बस्दै गर्दै श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि कार्तिक २४ गते प्रदेश अस्पताल सुर्खेत भर्ना भएका थिए ।
आज बिहान ४ बजे बेहोस भएका उनको शरीरमा अक्सिजनको कमी भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।