पोखरा । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
सो अवधिमा एक हजार ७०५ जनाको पिसिआर परीक्षण गरिएकामा १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सङ्क्रमित हुनेमा मोरङमा १४२ मध्ये विराटनगरमा ८१, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा आठ, तेह्रथुममा पाँच, इलाममा चार, पाँचथर र सोलुखुम्वुमा तीन÷तीन, सङ्खुवासभा र धनकुटामा दुई/दुई, ओखलढुङ्गा र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका २२ जना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २३ हजार ४३४ पुगेको छ ।
प्रदेशमा आज ७३६ सङ्क्रमित निको भई घर फर्केका छन् भने उनीहरुको सङ्ख्या हालसम्म १७ हजार १५४ पुगेको मन्त्रालयले जनाएको छ।
प्रदेशमा अहिलेसम्म एक लाख ७७ हजार ३५४ जनाको पिसिआर परीक्षण गरिएको छ ।