प्रदेश १ मा १६ हजार कारोना सङ्क्रमित निको भए

काठमाडौं । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा १८९ जना कोरोना सङ्क्रमित थप भएका छन् ।

सो अवधिमा गरिएको ८४७ जनाको पिसिआर परीक्षणमा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हनेहरुमा मोरङमा ७० मध्ये विराटनगरमा ३७, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा दुई÷दुई, इलाम, तेह्रथुम र भोजपुर एक/एक र प्रदेश बाहिरका नौ जना रहेका छन् ।

प्रदेशमा आज ६६२ जना सङ्क्रमित सहित अहिलेसम्ममा १६ हजार ४१८ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा हालसम्म एक लाख ७५ हजार ६४९ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ।

कमेन्टहरु
Loading...