राष्ट्रिय जनमोर्चाका अध्यक्षकेसीको उपचारका लागि पार्टीले पैसा उठाउन थालेको भन्दै उनका छोराको आपत्ति

काठमाडौं । सरकारले कोरोना संक्रमण ग्रस्त भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने बताएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणसहित निमोनियाँबाट सघन कक्षमा उपचाररत चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले ट्वीटमार्फत जानकारी गराएका थिए ।

यसअघि राष्ट्रिय जनमोर्चाले केसीको उपचारका लागि सहयोगको आह्वान गरेको थियो । तर, केसीको उपचारका लागि पार्टीले पैसा उठाउन थालेको भन्दै केसीका छोराले आपत्ति जनाएका छन् । जसले गर्दा जनमोर्चामा पार्टीमा खैलाबैला मच्चिएको छ । नेता केसीका दुई भाइ छोरामध्ये सचित्र केसी र विष्णु केसी दुवै जापानमा छन् । उनका जेठा छोरा सचित्रले ‘बुबाको अवस्था सामान्य रहेको’ भन्दै ‘पैसा उठाउने बाहनामा नफस्न’ फेसबुकमा स्टाटस लेखेका हुन् ।

उनले फेसबुकमा बुबाआमाको समेत तस्वीर राखेर बुबा खतरामुक्त भएको जानकारी गराएका छन् । साथै अनावश्यक हल्ला गरेर पैसा उठाउने बाहनामा कोही पनि नफस्न आग्रह गरेका छन् । केसीको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...