काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
निमोनिया रोगबाट ग्रस्त भइ ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई हिजो कोरोना देखिएको जनमोर्चाले जनाएको छ ।
जनमोर्चाका अध्यक्ष रश्मी राज नेपालीले विज्ञप्ति मार्फत केसीको स्वास्थ्य गम्भीर रहेको जानकारी गराएका छन् ।
विज्ञप्तीमा लामो समय अस्पताल राखेर उपचार गर्नुपर्ने भन्दै उपचारमा सहयोग गर्न अपील गरिएको छ ।