मन्त्री बन्न बाटो खुलेपछि बामदेवको स्टाटस, ‘यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन’

काठमाडौं । सर्वोच्चले मन्त्री बन्न बाटो खोलिदिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले खुशी गरेका छन् ।

अदालतको आदेशपछि फेसबुक स्टाटस मार्फत गौतमले शुभेच्छा र सद्भभाव प्रकट गर्ने सबैमा आभार व्यक्त समेत गरेका छन् ।

गौतमले पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भएको उल्लेख गरेका छन् ।

उनले आफु संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने स्पष्ट पारेका छन् ।

कमेन्टहरु
Loading...