पोखरा । नेपालमा थप २ हजार ५ सय ६९ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप २ हजार ५ सय ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।
हाल नेपालमा ३८ हजार ९ सय १२ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
नेपालमा पछिल्लो पटक १० हजार ८१ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १ हजार ६ सय ६६ जना कोरोना भाइरस संक्रमणमुक्त भएको डिस्चार्ज भएको स्वास्थय मन्त्रालयले जानकारी दिएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।
नेपालमा थप २६ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार १ सय ७४ पुगेको छ ।