मंसिर २ गते सार्वजनिक बिदा

काठमाडौं । नेपालमा मंसिर २ गते पनि बिदा हुने भएको छ । यो वर्ष तिहारको तिथिमा नै विवाद रहेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले किजा पूजाको दिनको अवसरमा मंसिर २ गते बिदा दिने सरकारले निर्णय गरेको हो ।

गृहमन्त्रालयका अनुसार अब तिहारका अवसरमा शुक्रबारबाट बन्द हुने सरकारी कार्यालय सहित सार्वजनिक निकाय तथा अन्य कार्यालय समेत मंगलबारबाट मात्रै सुरु हुने छ ।

अन्य समुदायले तिथिमा नै टीका लगाउने भए पनि नेपालका नेवार समुदायहरुले भाइटीकाको भोलिपल्ट मात्रै भाइटीका लगाउने गर्छन् । उनीहरुलाई नै सम्बोधन गर्नका लागि मंसिर २ गते समेत सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो ।

कमेन्टहरु
Loading...