भारतीय पत्रकारको सुझाव, पर्यटनको वजारिकरणमा ध्यान देऊ

पोखरा, ३० मंसिर/प्रेस क्लव मुम्वईको अगुवाईमा शुक्रवार पोखरा आएको भारतीय पत्रकारहरुको टोलीले पोखरा र मुम्वई विच पर्यटन लगायत संचारको क्षेत्रमा आपसी सहकार्य गरेर अगाडि बढ्न सकिने बताएको छ । पश्चिमाञ्चल होटल संघ पोखराले शनिवार पोखरामा आयोजना गरेको कार्यक्रममा टोलीका सदस्यहरुले पोखरा सुन्दर भएकोमा कुनै द्विविधा नभएको बताउँदै यसको वजारिकरणको पक्षलाई बढी ध्यान दिन सुझाव दिए ।

उनीहरुले पोखरा जस्तो शहरले पर्यटकको चुस्त र दुरुस्त तथ्यांक राख्न नसक्नु पनि दुर्भाग्य भएको बताए । टोलीमा सहभागी पत्रकारहरुले पोखरा आउने भारतीय पर्यटकको तथ्यांक, मुम्वई लगायत भारतका अन्य शहरबाट यहाँ आउने पर्यटकको तथ्यांक र कस्ता खालका पर्यटक कुन ठाउँबाट पोखरा बढी आउँछन् भन्ने तथ्यांक पोखराले राख्नु पर्ने सुझाव दिएका थिए ।

मुम्वई प्रेस क्लवका उपाध्यक्ष रोहित चन्दभारकरले विगतमा पोखरा आउने गरेका कतिपय भारतीय पर्यटक अहिले थाइल्याण्डमा रमाउन पुग्ने गरेको बताए । उनले त्यस्ता पर्यटकलाई पुनः यता आकर्षित गर्नको लागि सोही अनुसारका प्याकेज र वजारिकरणको आबश्यकता रहेको बताए । कार्यक्रममा पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पोखरा र मुम्बई विच पर्यटन र व्यापारका विषयमा आपसी सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताए ।

नेपाल पर्यटन वोर्डका सदस्य टिकाराम सापकोटाले थुप्रै भारतीय पर्यटकहरुले पोखरामा दोहो¥याएर भ्रमण गर्न आउने गरेको जानकारी दिए । प्राकृतिक तथा सांस्कृतिक सुन्दरता सबैका लागि आकर्षणको रुपमा पोखरा रहेको बताउँदै उनले नेपालका लागि भारत ठूलो पर्यटकीय वजार भएको बताए ।

कार्यक्रममा पश्चिमाञ्चल होटल संघ पोखराका प्रथम उपाध्यक्ष भरतराज पराजुली, पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यवहादुर भुजेल, नेपाल पर्यटन वोर्डका पूर्व सदस्य एवं संघका सल्लाहकार विश्वशंकर पालिखे, प्रेस काउन्सिल नेपालका सदस्य माधव शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दीपक पाण्डे लगाएतले पोखरा सहासिक पर्यटनको गन्तव्यको रुपमा परिचित रहेको जानकारी दिंदै अन्य खालका पर्यटकीय गतिविधिका लागि समेत यो शहर उत्तिकै महत्वपूर्ण रहेको बताएका थिए ।

पोखरामा चार सय भन्दा बढी होटलहरु रहेको र भारतीय पर्यटकहरु रमाउन चाहने क्यासिनोको सुविधा समेत पोखराको जानकारी दिएका थिए । पोखराले भारती धार्मिक पर्यटकलाई समेत उत्तिकै आकषर्ण गर्न सक्ने संभावना रहेको बताएका थिए । उनिहरुले मुक्तिनाथ क्षेत्र भारतीय पर्यटक माझ निकै लोकप्रिय गन्तव्य रहेको जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...