पुटिन र जिनपिङले अमेरिकी राष्ट्रपति बाइडेनलाई किन शुभकामना दिएनन् ?

 

दिपक के श्रेष्ठ

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि उनलाई आम नेपालीले पनि फेसबुकमार्फत शुभकामना व्यक्त गरे । राष्ट्रकोतर्फबाट प्रधानमन्त्री केपि ओलीले शुभकामना सन्देश पठाए । बाइडेनको जीतलाई उदार र प्रजातान्त्रिक भन्दै विभिन्न देशबाट राष्ट्र प्रमुखहरुले औपचारिक शुभकामना दिएपनि विश्वका केही शक्तिशाली राष्ट्रपतिहरुले बाइडेनलाई आजसम्म शुभकामना दिएका छैनन् । आखिर किन ?

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनः

सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि क्रेमलिनले उनलाई बधाई र शुभकामना सन्देश पठाएको थियो । अहिले निर्वाचित बाइडेनलाई भने पुटिनकातर्फबाट कुनै औपचारिक शुभकामना सन्देश पठाइएको छैन । यस विषयमा क्रेमलिनका प्रवक्ता दिमत्री पेस्कोभ भन्छन् ‘अहिले हामी पर्ख र हेरको अवस्थामा छौं ।’

 

ट्रम्पकै पालामा अमेरिका र रुसबीचको सम्बन्ध चिसिएको हो । अझ अमेरिकी निर्वाचनमा रुसले साइबर जासुसी गरेको आरोपसमेत ट्रम्पले लगाएका थिए । यसरी दुइबीच बिग्रिएको सम्बन्धमा आफुले जीत हारेपछि बाइडेनले पुटिनबाट औपचारिक बधाई र शुभकामनाको अपेक्षा गरेका थिए । तर, हालसम्म बाइडेनले क्रेमलिनबाट त्यस्तो कुनै सन्देश पाएका छैनन् ।

 

 

सिरिया र क्रिमियामा भएको अमेरिकी हस्तक्षेपविरुद्ध क्रेमलिन बेखुश देखिएको रोयल युनाइटेड सर्भिसि इन्स्टिट्युटका डाइरेक्टर जनरल करिन भोन हिप्पेलको विश्लेषण छ । पूर्वराष्ट्रपति बाराक ओबोमापछि बाइडेनले खेलेको भूमिकालाई रसियाले मन नपराएको हिप्पेलको दाबी छ । गत वर्षको अक्टोबर अन्त्यतिर बाइडेनले रसियालाई अमेरिकाको ‘मुख्य चुनौती’ भनि गरिएको टिप्पणीप्रति रुस बिच्किएको छ ।

 

त्यस्तै, अमेरिका र रुसबीच भएको हतियारसम्बन्धी सन्धीमा पनि रुस असहमत भएको अनुमान गरिएको छ । दोस्रो विश्वयुद्धपछि शीतयुद्धमा रहेको अमेरिक–रुस सम्बन्ध हालसम्म पनि अन्त्य हुन नसकेकाले क्रेमलिन बाइडेनको पदबहालीसम्म पर्ख र हेरको अवस्थामा रहेको अुनमान गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङः

सन् २०१६ मा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि चीनले औपचारिक बधाई दिँदै उनको कार्यकालमा अमेरिका–चीन सम्बन्ध थप सुदृढ र स्थायी हुने जनाएको थियो । तर अहिले बाइडेन चुनिएपछि बेइजिङले पनि उनलाई बधाई दिन कुनै शब्द खर्चिएको छैन ।

 

उनै ट्रम्पको कार्यकालमा अमेरिकाले चीनलाई कोभिड–१९ को भाइरस फैलाएको आरोप लगायो । यसअघि नै अमेरिकाले चीनको व्यापारिक नीति, आक्रामक प्रविधि र मानवअधिकारप्रति कटाक्ष गरिरहेको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेइबिनले अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर बाइडेनलाई बधाई दिने बताएका छन् ।
सम्भवतः बेइजिङ पेन्टागनको चीन नीतिलाई पर्खिरहेको छ ।

 

 

त्यस्तै, रसियाले बधाई नदिइसकेकालो पनि चीनले अहिलेसम्म औपचारिक सन्देश नदिएको हो । कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनिएको र जापानमा अमेरिकाको सैन्य सुदृढिकरणप्रति बेइजिङ बेखुक भएको हिप्पेलको विश्लेषण छ ।

 

विगत ४१ वर्षदेखि अमेरिका र चीनको सम्बन्ध राम्रो हुन नसकेको अमेरिकाकालागि चिनियाँ राजदूत सुई तियान्काईले केही महिना पहिले बताएका थिए । त्यस्तै, अमेरिकाले शीतयुद्धको परिधि रुसदेखि चीनसम्म फैलिएको अप्रत्यक्षरुपमा बताउँदै आएको छ । अमेरिकाले चिनियाँ प्रविधि र व्यापारलाई लक्षित गर्दै ‘चीनले ठूलो मूल्य चुकाउनु पर्नेछ’ भनि दिएको अभिव्यक्ती बेइजिङलाई मन परेको छैन ।

 

बाइडेनलाई बधाई नदिने दुई प्रमुख देश र राष्ट्रपतिसँगै टर्कीका राष्ट्रपति रेसेप टी एर्दाेगान, ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारो र मेक्सिकन राष्ट्रपति आन्द्रे मानुएल लोपेज अब्राडोर पनि हुन् ।

एजेन्सीको सहयोगमा

 

कमेन्टहरु
Loading...